नियम ३९
बढुवा सम्बन्धी विशेष व्यवस्था
(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि तहकोश्रेणीमा शिक्षक पदमा स्थायी नियुक्ति भई सोही तहको सोही श्रेणीबाट निवृत्तभरण पाउने गरी अनिवार्य अवकाश पाउने शिक्षकलाई एक महीना अगावै सोही तहको माथिल्लो श्रेणीमा बढुवा गर्नको लागि आयोगले सिफारिस गर्नेछ ।
(२) उपनियम (१) बमोजिम अवकाश पाउने शिक्षकले आपूmले अवकाश पाउने मितिभन्दा छ महिना अगावै आवश्यक कागजात संलग्न गरी सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(२क) उपनियम (२) बमोजिम प्राप्त भएको निवेदन सहितको कागजात छानवीन गर्दा निवेदन दिने शिक्षकलाई बढुवा गर्न मिल्ने देखिएमा जिल्ला शिक्षा अधिकारीले त्यस्तो शिक्षक अवकाश हुनुभन्दा नब्वे दिन अगावै आयोगमा सो निवेदन पठाउनु पर्नेछ ।
(२ख) उपनियम (२क) बमोजिमको प्राप्त भएको निवेदन सहितको कागजात छानवीन गर्दा निवेदन दिने शिक्षकलाई बढुवा गर्न उपयुक्त देखिएमा आयोगले त्यस्तो शिक्षकलाई उपनियम (१) बमोजिम बढुवा गर्न सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा सिफारिस गर्नु पर्नेछ ।
(२ग)उपनियम (२ख) बमोजिम आयोगबाट सिफारिस भई आएमा जिल्ला शिक्षा अधिकारीले निवेदन दिने शिक्षकलाई अवकाश हुनुभन्दा एक महिना अघि सोही तहको एक तह माथिको श्रेणीमा बढुवा गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम बढुवा गर्दा स्वतः विशेष पद सिर्जना भएको मानिनेछ र त्यस्तो शिक्षकले सेवाबाट अवकाश पाएपछि सो बढुवा भएको पद स्वतः खारेज भई साविक पद कायम रहनेछ ।
(४) यस नियम बमोजिम बढुवा हुन कुनै शिक्षकले निवेदन नदिएको भए तापनि त्यस्तो शिक्षकसँग सम्बन्धित कागजातको आधारमा आयोगले बढुवाका लागि सिफारिस गरेको शिक्षकलाई शिक्षक किताबखानाले एक श्रेणी माथिको तलब रकमबाट हिसाब गरी निवृत्तिभरण निर्धारण गर्नु पर्नेछ ।